Logo

शनिवार, कार्तिक १ गते २०८३

अ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा को–को परे टप टेनमा ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा को–को परे टप टेनमा ?


नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा  को–को परे  टप टेनमा ?

३१ असोज्  कामना ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका हुन्। उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका छन्।

महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, सहमहामन्त्री तथा विभिन्न समूहबाट निर्वाचित केन्द्रीय सदस्यहरू परेका छन्।
उपलब्ध मतपरिणामअनुसार दोस्रो स्थानमा ललितपुर महानगरपालिकाका मेयरसमेत रहेका खुला केन्द्रीय सदस्य चिरीबाबु महर्जन छन्। उनले ५ हजार ३३० मत अर्थात् ७७.५ प्रतिशत मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा वासना थापा रहेकी छन्। उनले ५ हजार १९३ मत अर्थात् ७४ प्रतिशत मत प्राप्त गरेकी छन्। त्यस्तै, बागमतीबाट महिला केन्द्रीय सदस्यमा निर्वाचित हरिप्रभा खड्गी ५ हजार १२६ मतसहित चौथो स्थानमा रहेकी छन्। उनले कुल मतको ७३.८ प्रतिशत मत प्राप्त गरेकी छन्। 
पाँचौँ स्थानमा महिला सहमहामन्त्री प्रतिमा गौतम रहेकी छन्। उनले ५ हजार ११६ मत अर्थात् ७२.९ प्रतिशत मत प्राप्त गरेकी छन्। खुला केन्द्रीय सदस्यमा निर्वाचित निश्कल राई ४ हजार ९५६ मतसहित छैटौँ स्थानमा छन्। उनले ७२ प्रतिशत मत प्राप्त गरेका छन्।

दलित सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८०३ मतसहित सातौँ स्थानमा रहेका छन्। उनले ६९.२ प्रतिशत मत प्राप्त गरेका छन्। जनजाति केन्द्रीय सदस्यमा निर्वाचित तीर्थ लामा ४ हजार ८५३ मतसहित आठौँ स्थानमा रहेको विवरणमा उल्लेख छ। उनले ६९.१ प्रतिशत मत प्राप्त गरेका छन्।

खुला केन्द्रीय सदस्यमा निर्वाचित इन्द्रबहादुर बानियाँ ४ हजार ७३२ मतसहित नवौँ स्थानमा छन्। उनले कुल मतको ६८.८ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै, गण्डकीबाट ३५ वर्षमुनिका युवामध्ये केन्द्रीय सदस्यमा निर्वाचित इन्जिनियर सुवास पौडेल दसौँ स्थानमा छन् । उनले ४ हजार ५४९ मत अर्थात् उनले ६५.८ प्रतिशत मत प्राप्त गरेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ