Logo

आइतवार, आश्विन १८ गते २०८३

अ

यी चीज खानुहोस्  बढ्छ यौनइच्छा

यी चीज खानुहोस्  बढ्छ यौनइच्छा


यी चीज खानुहोस्  बढ्छ यौनइच्छा

मानिसहरूले आफ्नो यौन जीवनलाई सन्तुलित राख्नका लागि र आफ्नो दम्पति बीच भरपुर माया साट्नका लागि विभिन्न प्रकारका रसायन युक्त औषधिहरू प्रयोग गरेको पनि पाइन्छ। तर त्यसो गर्नु स्वास्थ्यको लागि घातक हुनसक्छ। हाम्रै भान्सामा पाइने सामग्रीहरूलाई मिलाएर खायो भने त्यसले औषधिको काम पनि गर्न सक्छ। यी चिजहरू खानुभयो भने तपाईंको यौन जीवन सुखी हुन सक्छ।

१)  गोलभेंडा 

गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।

२)पालुङगो

पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।

३) भिन्डी 

भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।

४) प्याज

प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।

५)  ब्रोकाउली 

यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यमा लागि लाभदायी हुन्छ ।

६)लसुन 

लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।

७) गाजर

गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

८)  गान्टेमूला 

यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

यसका अलावा खानानमा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो,, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ