Logo

आइतवार, आश्विन १८ गते २०८३

अ

यौन चाहनालाई प्रभावित पार्ने कुराहरु

यौन चाहनालाई प्रभावित पार्ने कुराहरु


यौन चाहनालाई  प्रभावित  पार्ने   कुराहरु


मानिसको यौन चाहनालाई वास्तवमा के–के कुराले प्रभावित गर्छ ? उमेर, सम्बन्ध, सन्तान, शिक्षा वा लिङ्ग ? यही प्रश्नको उत्तर खोज्दै हालै  एस्टोनियाली बायोबैंकमा आबद्ध ६७ हजार ३३४ वयस्क व्यक्तिमाथि एक बृहत अनुसन्धान गरिएको थियो ।

सो अनुसन्धानले यौन व्यवहारसम्बन्धी रोचक र महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ। साइन्टेफिक रिपोर्टमा प्रकाशित अध्ययन प्रतिवेदनले पुरुषहरूमा औसत यौन चाहना महिलाभन्दा उल्लेखनीय रूपमा बढी देखिएको छ भने उमेर बढ्दै जाँदा महिलामा यौन चाहना तीव्र रूपमा घट्ने प्रवृत्ति पाइएको छ।

अनुसन्धानमा एस्टोनियाको कुल वयस्क जनसंख्याको करिब ७ प्रतिशत प्रतिनिधित्व गर्ने सहभागीहरू समावेश गरिएको थियो। सहभागीहरूमा पुरुष, महिला, विवाहित, अविवाहित, प्रेम सम्बन्धमा रहेका, सन्तान भएका तथा विभिन्न यौन अभिमुखता भएका व्यक्तिहरू थिए।

कसरी गरियो अनुसन्धान ?

अनुसन्धानकर्ताहरूले सहभागीहरूबाट यौन चाहना, सम्बन्ध सन्तुष्टि, वैवाहिक अवस्था, सन्तान संख्या, शिक्षा, पेशा र यौन अभिमुखतासम्बन्धी विवरण संकलन गरेका थिए। त्यसपछि ती तथ्यांकलाई बहुविध सांख्यिकीय विश्लेषणमार्फत तुलना गरिएको थियो।

अध्ययनको उद्देश्य कुन–कुन सामाजिक र व्यक्तिगत कारणले मानिसको यौन चाहनामा प्रभाव पार्छ भन्ने पत्ता लगाउनु थियो।

अध्ययनका मुख्य तथ्यहरु:-

# कुल सहभागी  ६७,३३४ जना
#एस्टोनियाका वयस्क नागरिक
#पुरुष र महिला दुवै सहभागी
#विभिन्न उमेर समूह समावे


पुरुषमा यौन चाहना बढी

अनुसन्धानमा पुरुषहरूको औसत यौन चाहना महिलाभन्दा स्पष्ट रूपमा बढी पाइयो। अध्ययनअनुसार यौन चाहनामा देखिएको अन्तरमध्ये करिब पाँचमध्ये एक हिस्सा केवल पुरुष वा महिला हुनुका कारणले व्याख्या गर्न सकिने देखिएको छ। अनुसन्धानकर्ताहरूले यसलाई अध्ययनको सबैभन्दा बलियो निष्कर्षमध्ये एक मानेका छन्।

उमेरसँगै यौन चाहना घट्ने

पुरुष तथा महिला अर्थात दुबै लिङ्गमा उमेर बढ्दै जाँदा यौन चाहना घट्ने प्रवृत्ति देखियो। तर महिलामा यो गिरावट पुरुषको तुलनामा बढी तीव्र देखिएको अनुसन्धानले जनाएको छ। विशेषगरी रजोनिवृत्तिपछि महिलामा यौन चाहनामा उल्लेखनीय कमी आएको पाइयो।

सम्बन्ध सन्तुष्टिले प्रभाव पार्ने

आफ्नो वैवाहिक वा प्रेम सम्बन्धप्रति सन्तुष्ट व्यक्तिहरूमा यौन चाहना तुलनात्मक रूपमा बढी देखिएको छ। भावनात्मक निकटता, आत्मीयता र साझेदारसँगको राम्रो संवादले सकारात्मक प्रभाव पार्ने अध्ययनले जनाएको छ।

यौन अभिमुखता

द्विलिंगी तथा प्यानसेक्सुअल सहभागीहरूमा औसतभन्दा बढी यौन चाहना देखिएको अनुसन्धानले जनाएको छ।

सन्तान र अभिभावकत्वको प्रभाव

हालै सन्तान जन्मिएका व्यक्तिहरूमा यौन चाहनामा परिवर्तन देखिएको छ। सन्तान संख्या तथा अभिभावकत्वले पनि यौन व्यवहारमा प्रभाव पार्ने अध्ययनले निष्कर्ष निकालेको छ।

अनुसन्धानकर्ताहरूका अनुसार उमेर, लिङ्ग, सम्बन्ध अवस्था, शिक्षा, पेशा, यौन अभिमुखता तथा सन्तानजस्ता आधारभूत सामाजिक र व्यक्तिगत कारणहरूले मानिसहरूको यौन चाहनामा देखिएको करिब २८ प्रतिशत भिन्नता व्याख्या गर्न सकेका छन्।

अध्ययनले यौन चाहना केवल हार्मोन वा जैविक प्रक्रियामा सीमित विषय नभई मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध, सांस्कृतिक सोच तथा व्यक्तिगत अनुभवसँग जोडिएको जटिल मानवीय व्यवहार भएको निष्कर्ष निकालेको छ।

-एजेन्सी

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ