Logo

आइतवार, आश्विन १८ गते २०८३

अ

कुलु रिदुम्ः अर्थात् कुलुङका ‘वेद’ 

कुलु रिदुम्ः अर्थात् कुलुङका ‘वेद’ 


कुलु रिदुम्ः अर्थात् कुलुङका ‘वेद’ 


नेपालका आदिवासी जनजाति जो छन्, तीमध्ये आफ्नो मूल भूमिमा बसेकाले मात्रै आफ्नो परम्पराअनुसार धर्मकर्म, संस्कार, संस्कृति, रीतिथिति, चाडपर्व आदि मान्ने गर्छन् । अन्यथा धेरै जसो आदिवासी जनजातिमा हिन्दु धर्मकर्मको जबरजस्त प्रभाव परेको छ । त्यसैले गर्दा जो आफ्नो मूल थलोमा बसोवास गर्छन्, उनीहरुमा मात्रै हिन्दु धर्मकर्म प्रभाव परेको छैन, परेको भए तापनि कम परेको देखिन्छ । हो, त्यसरी हिन्दु धर्मकर्मको जबरजस्त कम प्रभाव परेको जातिमा कुलुङ जाति पनि एक हो  । हुनत कुलुङ जातिको हकमा कति प्रतिशत हिन्दु धर्मकर्मको प्रभाव परेको छ, अनि कति प्रतिशत क्रिश्चियन धर्मको प्रभाव परेको छ  भनेर अहिलेसम्म आधिकारिक ढंगले कसैले अध्ययन गरे, नगरेको थाहा भएको छैन । तथापि पनि कुलुङ जातिका ५८–६० देखि ६८–७० प्रतिशत मानिसले आफ्नो मौलिक परम्पराअनुसार धर्मकर्म, संस्कार, संस्कृति, रीतिथिति, चाडपर्व आदि मान्ने अनुमान छ ।  
कुलुङलगायत विश्वका आदिवासीले आफ्नो परम्पराअनुसारको धर्मकर्म, संस्कार, संस्कृति, रीतिथिति, चाडपर्व आदि मान्ने गर्छन् । त्यसको अर्थ बितेर गएका आफ्ना पिता, पूर्खालाई सम्झने, खोला–नाला, वन–जंगल, देउराली भाक्ने अनि प्रकृतिको पूजा गर्ने । त्यस क्रममा उनीहरुले बिजुवा, धामी, झाँक्री आदिलाई फलाक्न लगाउँछन् । त्यसरी फलाक्दाखेरि पुकार्ने वा भनौं पतुर्ने शब्द (मन्त्र)हरु चाहिँ कुलुङ जातिले शब्द (कुलुङ जातिले मुन्धुमलाई ‘रीदूम’ भन्छन्) लिखित रुपमा संरक्षण गरेर राखेको थिएन । सो कामका लागि बल्ल कुलुङ जातिका अगुवाहरु लागि रहेका छन्, पछिल्लो समयमा । फलतः कुलुङ जातिले आफ्नो मुन्धुमलाई (मुन्धुमलाई कुलुङ जातिले ‘रीदूम’ भन्छन्) लिखित रुपमा संरक्षण गर्न काम सुरु गरेका छन् ।  पूर्वतिरका किरातीहरु जस्तै कुलुङ, सुनुवार, याक्खा, लिम्बु, थामी आदिले मुन्धुमलाई ‘थुतुरी वेद’ भन्ने गर्छन् । हिन्दु धर्म मान्नेमा जस्तो कुलुङ जातिमा सबै कर्मकाण्ड र विधिविधानहरु एकै व्यक्तिले गर्न सक्दैन । हर एक काम र विधिविधानका लागि अलगअलग व्यक्ति रहेको हुन्छ । अथवा भनौं समाजले चुनेको हुन्छ, स्वीकारेको हुन्छ । त्यसरी चुनिएका अथवा भनौं समाजले स्वीकार गरेको नोक्छो, नागीरे, रोङ्छोप, वैदाङ, मोप, भैरुङ, सातीपूस, मोसोछा, लाछोछा, कूबीमी, खूलू रहेका हुन्छन् । त्यसमा पनि तहअनुसार विभाजनहरु गएिको हुन्छ । जस्तै मोपमा पनि सेलेमोप, देदाम मोप आदि प्रिस्ट (पण्डित)वा भनौं मानिसले गर्दै आएका कर्मकाण्डहरुका सम्बन्धमा लिखित त्यस्तो केही दस्तावेज वा प्रमाण भेटिएको छैन, जसरी हिन्दु, बौद्ध, क्रिश्चियन, जैन, शिख आदिमा रहेको हुन्छ । 
जस्तै किराती महाजातिभित्रका कुलुङ जातिको जन्म, विवाह, मृत्यु आदिका बारेमा लिखित त्यस्तो दस्तावेज केही तयार भएको थिएन । फलतः अहिलेसम्म ‘थुतुरी वेद’ भन्दै मौखिक रुपमै हाम्रा नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिले जे जानेको रीसीवा मन्त्र–तन्त्र र, परम्परागत रुपमा आफूभन्दा पहिलेका पूर्खाहरु नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिले फलाक्दै, गाउँदै आएको रीसीवा जुन हो, त्यो सुनेको आधारमा र आफूले टिपेको अर्थात् व्यक्ति स्वयम्ले याद गरेको भरमा जे जानेको छ, सोही आधारमा नयाँ उत्रने धामी–झाँक्रीहरुले फलाक्ने गरेका छन्, फिलाक्ने गरेका थए । हुनत कुलुङ जातिमा जो नयाँ धामी–झाँक्री उत्रने गर्छन्, उनीहरुलाई आफ्नो गुरुले सम्पूर्ण रुपमा तन्त्र–मन्त्रले सक्षम बनाएर मात्रै, सम्पूर्ण रुपमा विद्या दिएर मात्रै धामी–झाँक्री बन्न÷उत्रन अनुमति दिन्छ भन्ने जन विश्वास रहेको छ । 
जे होस्, धेरै लामो समयपछि कुलुङ जातिको उत्पत्ति, कुलुङ जातिको संस्कार, संस्कृति, पूजा विधि, पूजा गरिनुपर्ने कारण, चालचलन, रीतिथिति, परम्परागत कानुन, लोक मान्यता, लोक विश्वास, वंश–परम्परा, पिता–पूर्खाको इतिहास, ऐतिहासिक भूमि, नाता–सम्बन्ध, देवी, देवता, विवाह, विवाहका प्रकार, मृत्यु, मृत्युका प्रकार अनि त्यस्ता मृत्युमा गरिने, फरक फरक विधि र विधानहरु, साइपोम (शिर उठाउने), कुलुङ धामी–झाँक्रीहरुले नाच्ने विभिन्न खालका नाच र ती नाचका पनि अनेकौं प्रकार लगायत कुलुङ जातिमा मानिस जन्मेदेखि नमरेसम्म गरिने एक–एक विधि विधानका सम्बन्धमा डिठ्ठो नबिराईकन मेसैसँग टिपोट गरेर लेखिएको बृहद् रुपको किताब (सोक्सोहर) नाम हो, ‘—कुलु रिदुम् ।’ हुनत यो कामको सुरुवात चाहिँ विगत ७, ८ वर्षअगि सुरु गरिएको हो । यो कामको सुरुवात ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खम) बाला इकाई’ संखुवासभाले गरेको थियो । त्यसै क्रममा बालाकै प्रेमचन्द्र सोम्फोरु (तर, यो किताबमा सम्फरु लेखिएका्े छ) जे–जस्तो भए तापनि प्रेमचन्द्र सम्फरु ज्यूले सो किताब (नाम अर्कै रहेको थियो) लाई फाइनल रुप दिने क्रममा हेर्दा त्यसलाई त अझ बृहत रुपमा समेट्न सकिने संभावना देखेपछि उहाँले विसं २०७९÷०८० देखि नै अनौपचारिक रुपमा जे–जति नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू आदिलाई भेट्न र सम्पर्क गर्न सक्नु भयो उहाँहरुलाई भेट्ने, सोध्ने, खोज्ने र लेख्ने क्रम सुरु गर्नु भयो ।
त्यसै क्रममा फाइनल गर्न भनी गएको वैसाख २९ (विसं २०८१) गतेदेखि जेठ ४ गतेसम्म संखुवासभा जिल्लाको साल्पा सिलिचोङ गाउँ पालिका वडा नम्बर–३ ताम्कूको लकूवा गाउँमा वृहद रुपमा नोक्छो, नागिरे, कूबीमी, मोप, सेलेवा (सेलेमोप), वैदाङ, भैरुङ, खूलू एवम् कुलुङ बुद्धिजीवीहरुका साथै सरोकारवालाहरुलाई भेला गरेर छलफल एवम् बहस चलाएर अन्तिम निचोड निकालिएको थियो । अझ त्यसलाई पनि अन्तिम रुप दिन लेखक पे्रम च्रन्द्र सम्फोरु ज्यू, जंगबहादुर दावार कुलुङलगायतको टोली कुलुङ जाति ऐतिहासिक भूमि अर्थात् आधुनिक मानव विकासका क्रममा घुमन्ते तथा शिकारी युगका साथै कृषि युगको सुरु भएपछि कुलुङ जातिका चार पूर्खाहरु राताप्खू खप्दूलू, ताम्सी र छेम्सीले स्थाई रुपमा रासोबासो सुरु गरेको भूमि ‘महाकुलुङ भूमिको विभिन्न गाउँका पिता पूर्खाहरुलाई भेट्न र उनीहरुका राय सल्लाह लिन जानु भएको थियो । 
हुन पनि आजै, अहिल्यै हामी कुलुङ जातिका पढालेखा, विद्धान, सामाजिक कार्यकर्ता तथा अगुवा केही जान्ने बुभ्mने मानिसहरुले हाम्रो पिता पूर्खाहरुको इतिहास, हाम्रो ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभुषा, चाडपर्व, मेला, चालचलन, रहनसहन, संस्कार, संस्कृति, रीतिरिवाज, गीत, संगीत, बाजागाजा, परम्परागत ज्ञान, हामी भन्ने भावना, हाम्रा पिता पूर्खाहरुको इतिहास, त्यसमा पनि अझ खास गरिकन नागीरे, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपूस, रोङछोप आदिले   आफ्नो  काम–कर्म गर्ने– गर्दा खाईखेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् ‘नाताबम’ र उनीहरु पुग्ने अन्तिम विन्दु  र फर्कने बाटाको वर्णन आदि बारेमा धेरै कुरोहरुको निचोडमा आएको छ । निश्चय नै एउटा सिंगो जाति त्यो पनि कम्तिमा ५–६ हजार वर्षदेखि लगभग ८–९ हजार वर्षको इतिहास रहेको र, हिन्दुहरुको मिथक वा भनौं कथा महाभारत कथामा समेत उल्लेख भएअनुसार युद्ध हुने क्रममा हार्ने पक्षका लागि लडेका–लड्ने इच्छा देखाएका किरातीका सन्तान हामी एक जाति मात्रै नभएर महाजाति, सभ्यता, इतिहास, भूगोल, धर्मका रुपमा पनि स्थापित भएको किरात वा किरती हौं । हो, त्यही महाजातिभित्रको एक जाति हो ‘–कुलुङ जाति ।’ 
यसरी हेर्दा कुलुङ जातिको समग्र इतिहास, ऐतिहासिक भूमि, मातृभाषा, मौलिक वेषभुषा, चाडपर्व, संस्कार, चालचलन, रहनसहन, संस्कृति, रीतिरिवाज, परम्परागत ज्ञान, गीत, संगीत, बाजागाजा, हामी भन्ने भावना, हाम्रा पिता पूर्खाहरु, त्यसमा पनि खास गरिकन नागीरे, नोक्छो, कूबीमी, सेलेमोप, सेलेवा, मोप, देदाम मोप, वैदाङ, सातीपूस, रोङछोप आदिले आप्mनो कर्म गर्दा खाईखेली हिड्ँने बाटो, बिसाउने चौतारी अर्थात् नाताबम र उनीहरु पुग्ने अन्तिम विन्दुहरुको वर्णन आदि बारेमा धेरै कुरोहरुको निचोड आएको छ । अझ त्यसमा पनि जोड दिएर भन्नु पर्दाखेरि कुलुङ जातिमा रहेका विभिन्न संस्कार र संस्कृतिहरुमा जन्म संस्कार, विवाह संस्कार, विवाहमा पनि २/३ प्रकारका विवाह, मृत्य संस्कार, अझ मृत्यु संस्कारमा पनि ‘नसी’ र ‘हिल्सी’, ‘हिल्सी’मा पनि ‘मोमोसी’, ‘चीचीमा सी’ र।।।आदिबारे बहस र छलफल गरेर सकारात्मक ढंगले निचोड निकालिएको छ, सो किताबमा ।   
निश्चय नै माथि भनिएभै एउटा सिंगो जाति त्यो पनि कम्तिमा ५–६ हजार वर्षदेखि लगभग ८–९ हजार वर्षको इतिहास रहेको र, हिन्दुहरुको मिथक वा भनौं कथा महाभारत कथामा समेत उल्लेख भएका किराती महाजातिभित्रका कुलुङ जातिको समग्रमा सबै कुरो ७ दिनको छलफल, अन्तक्रिया र बहसमा आउने कुरो भएन, आउन सक्दैन । र, यस्तो कुरो कसैले आशा गरेको पनि हुँदैन, गर्नु हुँदैन । तर पनि ७ दिने कार्यक्रममा उपस्थित हुनु भएका हाम्रा आदरणीय खूलू (पूर्खा) हरुले सौहार्दपूर्ण ढंगले हरेक विषयमा मिहिन ढंगले छलफल बहस गरेर एक मतले यो कुरो यस्तो हो है भनी निचोड निकाल्दै पारित गरेका थिए । जुन कुरो (खूलू ज्युहरुको निचोड) लाई प्रेम सम्फोरु ज्यु (उहाँ आपूmले आफूलाई प्रेम किराती लेख्नू हुन्छ, प्रेम किरातीको नामले चिनाउनु हून्छ) ले लिखितमा उतार्नु भएको थियो । सो काम फाइनल गेर हालै (जेठ अन्तिम २०८२ मा) किताबका रुपमा प्रकाशित गरिएको हो । यस्तो ऐतिहासिक कामको सबैभन्दा ठूलो जस प्रेम सम्फोरु ज्युलाई नै जान्छ । किनभन्देखिन् उहाँ एक धनी एवम् सम्पन्न परिवारको मान्छे भएर पनि अझ त्यसमा पनि नेपाल सरकारको निजामती कर्मचारीको राम्रै पदमा रहेर पनि उहाँले आप्mना समुदाय एवम् भावी पुस्ता र समग्र कुलुङ जातिको लोप हुन लागेको, कतिपय त लोप भएको संस्कार, संस्कृति आदि सम्झेर अहोरात्र खटेर गर्नुभो, अनि त्यस क्रममा रुघाखोकी, चिसो आदि केही नभनी बिहान सबेरै उठेर यसो यताउता हेरेर खूलूहरु उठ्ने बित्तिकैदेखि रातको लगभग साढे १०–११ बजेसम्म खट्नु भएको थियो, त्यो मैलै एक सहभागीको हिसावले बिर्सिसकेको छैन । त्यो वेलाको काम सम्झेर यो लेख लेखीरहँदा शनैः शनैः म आफ से आफ द्रवीभूत भई रहेको छु, । त्यस्तै गरेर व्यवस्थापनमा खट्नु भएका र , किताबा लागि खूलू ज्यूहरुले भनेकै आधारमा त्यति राम्रो चित्र कोर्न सक्नेसक्नु भएका (चित्र कोर्ने काममा खट्नु भएका) लकुवा गाउँकै जंगबहादुर दावार ज्यूको योगदानलाई पनि हामीले कम आँक्नुु हुँदैन । हामीले त्यसो गर्दा उहाँ प्रति सरासर अन्याय गरेको ठहर्छ ।

जे होस्, अहिले दोस्रो संस्करणसमेत निस्कने क्रममा रहेको यो किताब भोलिका दिनमा सबै किराती अथवा जोजो किराती महाजातिभित्रका जातिहरुले आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिथिति, चालचलन, चाडपर्व, परम्परागत कानुन, वेषभुषा, गरगहना, बाजागाजाहरु जानेर वा नजानेर बचाउन सकेनन्, संरक्षण गर्न सकेनन्, उनीहरुका लागि पनि ‘वेद’सरह नै हुने अनुमान लगाउन सकिन्छ । 

निनाम लोवात्ती

author

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ