Logo

बुधवार, भाद्र १० गते २०८३

कथित त्याग र पर्दापछाडिको खेल नयाँ राजनीतिको वास्तविक अनुहार

कथित त्याग र पर्दापछाडिको खेल नयाँ राजनीतिको वास्तविक अनुहार


कथित त्याग र पर्दापछाडिको खेल नयाँ राजनीतिको वास्तविक अनुहार

 

रवि लामिछानेले हिजोअस्ति मात्रै रास्वपाको केन्द्रीय कमिटी बैठकमा म त्यागी नेता हुँ, आवश्यक परे अर्को ५ वर्ष पनि प्रधानमन्त्री पद त्याग गर्न तयार छुू भनेर जुन गफ छाँटेका छन्, त्यसको यथार्थ भने धेरै फरक  छ। पहिलो कुरा त, नितान्त उनको आफ्नै चाहनामा मात्रै बालेनलाई प्रधानमन्त्रीको अफर गरिएको होइन,यी दुई पात्रलाई एउटै ठाउँमा जोड्नुको पर्दापछाडिको ठूलो र खतरनाक शक्ति खेलिरहेको छ, जुन कुरा विस्तारै सतहमा खुल्दै छ र खुल्दै  जानेछ। जसरी केपि ओलि र प्रचण्डको एकतामा माफियाहरूको संलग्नता बाहिरिएको थियो। त्यो भन्दा खतरनाक गिरोह सामेल छ यसमा।


दोस्रो कुरा, उनले भन्ने गरेको यो कथित त्यागले उनलाई बाहेक अरू कसलाई पनि फाइदा पुर्‍याएको छ त ? के उनको त्यागले देशलाई हित गर्‍यो? के जनतामा विश्वास बढायो? के ति गरिब किसानले समयमा मल पाएरु उठिबास लगाइएका सुकुम्बासीहरू खुसी भएका छन्रु न उद्योगी-व्यवसायी खुसी छन्, न त गरिब-निमुखा जनता नै ढुक्क हुन सकेका छन्। यो ताईंनतुईंको त्यागले आखिर देशमा के ल्यायो? त्याग त त्यसलाई भनिन्छ जहाँबाट देश र नागरिकको हित हुन्छ, न कि जसको परिणाम स्वरूप मुलुकले अराजनैतिक, अराजक र टोले गुण्डाहरूको रमिता भोग्नुपरोस्।

इतिहासलाई फर्केर हेर्ने हो भने, राणा परिवारका धनाढ्य सदस्य भएर पनि सुवर्ण शम्शेर राणाले प्रजातन्त्रका लागि आफ्नो सम्पूर्ण सम्पत्ति र जीवन समर्पण गरे। २०१५ सालमा प्रधानमन्त्री बन्ने बलियो दाबेदार हुँदाहुँदै पनि बीपी कोइरालालाई अघि सारेर आफू पछि हटे, जसका कारण देशले पहिलो जननिर्वाचित सरकार पायो। २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र खोसेर बीपीलाई जेल हालेपछि, सुवर्ण शम्शेरलाई स्वयम बिपि कोइरालालाई पनि  पटक-पटक राजासँग सम्झौता गरेर प्रधानमन्त्री बन्ने अवसर आउँदा पनि उनीहरूले नागरिक अधिकार र प्रजातन्त्रसँग सम्झौता गरेर पद लिन ठाडै अस्वीकार गरिदिए। बिपि,सुवर्ण शम्शेर लगायत गणेशमान, मदन भन्डारी, कृष्ण प्रसाद भट्टराई जस्ता त्यागि नेताको कारणले नेपालमा लोकतान्त्रिक चेतनाको विकास भयो र २०४६ सालको जनआन्दोलनको जग बस्यो। 

अर्कोतिर पुरानो इतिहास हेर्ने हो भने, इसापूर्व ५३४ मा गौतम बुद्धले दरबार र वैभव त्याग गर्दा आज संसारले ज्ञानको ज्योति पाएको कुरा हामि सबैलाई थाहा छ तर, रविले गरेको भनिएको त्यागले बालेनलाई त्यही २७ जना आफ्ना आसेपासेहरूलाई सरकारी ढुकुटीबाट तलब-भत्ता खुवाउनु बाहेक अरू के नै उपलब्धि दिएको छ र?


अर्को महत्त्वपूर्ण कुरा, लामिछाने जस्तो चतुर खेलाडी कसैलाई सजिलै प्रधानमन्त्रीको पद बाँड्ने खाले पक्कै होईनन। त्यो त उनको बाध्यता हो।अहिले उनले चाहेर पनि प्रधानमन्त्रीलाई  ब्याक  गर्ने ल्याकत राख्दैनन्। किनकि गृहमन्त्रीसम्मलाई त अड्याउन नसकेका रविले प्रधानमन्त्रीलाई ब्याक गर्ने कुरा त एकादेशको कथा मात्रै हो। यो कुरा बुझ्न गृहमन्त्री सुदन गुरुङको राजीनामा पछिको पुनःबहालीको नाटकलाई सूक्ष्म अध्ययन गरे पुग्छ। केहि रबिका फ्यानलाई लाग्दो हो रबिको बलमा बालेन प्रधानमन्त्री भएका हुन। तर बालेन नेपाली सेनाको साथ र पर्दापछाडिको शक्तिले त्यहाँ पुगेका हुन् भन्ने कुरा अब लुकेर लुक्दैन।नेपाली जनताले त केवल साईबर एट्याकको  हुलमुलमा भोट दिएर अनुमोदन जस्तै गरिदिएका मात्रै हुन्।

अब रास्वपाले जतिसुकै विधान संशोधन गरून् वा सभापतिलाई पूरै निरंकुश अधिकार दिऊन्, बालेनको टिम  कुर्सीबाट टसमस हुनेवाला छैनन्। बालेनलाई हटाएर बन्ने प्रधानमन्त्रीका रूपमा हेरिएका रवि त झन् धेरै विवादित पात्र हुन्, जसको पछाडि काण्डै काण्डको चाङ छ। सबैसँग संवाद गर्ने र समेट्ने क्षमता रविमा देखिए पनि बालेनलाई जति काम गर्न सहजता थियो, उनलाई त्यो कदापि हुँदैन। बाँकी रहे अहिलेका मन्त्रीहरू, यिनीहरूको कार्यशैली देख्दा समस्याको निकास निकाल्ने भन्दा कसरी झन् बल्झाउने भन्नेतिर मात्र उद्धत देखिन्छन्। देशले आशा गरेका स्वर्णिम वाग्ले त यसरी वैचारिक रूपमा पतित भए भने अरू ठोक्दिम जाक्दिम भन्दै हिँड्ने अल्लारे मन्त्रीहरूको के कुरा गर्नु?

अहिलेको सिंगो सरकारको कार्यशैलि प्रतिको यो आलोचनाको अर्थ कतैबाट पनि कांग्रेस(एमालेले चलाएका सरकार ठीक थिए भन्ने होइन। तर, यत्रो शक्तिशाली भनिएको सरकार हुँदा पनि जनतामा जुन भरोसा र विश्वास हुनुपर्ने हो, त्यो कत्ति पनि किन देखिँदैन ? कतिपय मतदाताले त मेरो भोट फिर्ता गर भनिरहेको अवस्था छ, के यसले सरकार सफलतातिर जाँदैछ भन्ने सङ्केत गर्छ र?
मलाई लाग्ने अनौठो सरप्राइज त के हो भने दुई -तिहाइ आउनु भन्दा पनि सुदन गुरुङलाई गृहमन्त्रीको पदमा पुर्‍याउने त्यो खतरनाक शक्तिको अदृश्य हस्तक्षेप हो। जबसम्म आम नागरिकले यो खेललाई राम्ररी बुझ्न सक्दैनन्, तबसम्म राष्ट्रभक्त र सचेत नागरिकले यहाँ अराजक ग्याङ र अन्धभक्तहरूबाट गाली नै खाइरहनु पर्दछ।


आज मधेशमा त्यत्रो हिंसा भड्किँदा र नागरिकले अनाहकमा ज्यान गुमाउँदा गोली चलाउने कुरा प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै हुँदैन रहेछ, हामी त भ्रममा रहेछौूँ भन्न कुन नैतिकताले दिन्छ ? आफ्नो टाउकामा जिम्मेवारी आउनेबित्तिकै काठमाडौंको गोलि र मधेसमा लागेको गोलि फरक हो भन्न के खानुपर्छ ? यदि भ्रममा नै थियौ र तिमीहरूले भने जस्तै गोली चल्दा प्रम र गृहमन्त्रीलाई थाहा नै नहुने रहेछ भने, हिजो केपी ओली र रमेश लेखकलाई नैतिकता सिकाउदै हत्याराु  र राक्षस  बनाउनेहरूले आज कुन नैतिकताको आधारमा कुर्चिमा चप्कि राखेका छन ? नयाँ भन्नेहरूले कम्तिमा रमेश लेखकले जति पनि राजनीतिक नैतिकता देखाउन नसक्ने नै हो ?

पाण्डव खनाल

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण