Logo

बुधवार, भाद्र १० गते २०८३

हिन्दु मिथक र महाकवि कालिदास  

हिन्दु मिथक र महाकवि कालिदास  


हिन्दु मिथक र महाकवि कालिदास  


विश्वभरि नै आआफ्नो जातजाति, समाज, धर्म, संस्कार, संस्कृति परम्परागत मूल्य–मान्यता अनि पिता पूर्खाले भनिआएको लोक कथा, मिथक र रमाइला कथाहरु हामीले सुन्दै आएका छौं पढ्दै आएका छौं । कति त समाजमा रहेका त्यही लोक कथा, मिथक, रमाइला कथाहरु इतिहासको जराका रुपमा स्थापित हुन्छन् । वीरगाथा बन्छन् । ऐतिहासिक एवम् प्रसिद्ध पात्रका रुपमा स्थापित हुन्छन् । त्यस्ता ऐतिहासिक पात्रहरु कोही भगवान, कोही गड, कोही अल्ला-अल्लाः (नेपालीहरुले प्रायः अल्लाह लेख्छन्, त्यो गलत हो)  त्यस्तै यहाँ हिन्दु धर्म र हिन्दु दर्शन अनि हिन्दु मूल्य–मान्यताअनुसारको एक लोक कथा अथवा भनौं मिथकका सम्बन्धमा लेख्दैछु । जुन लोक कथा वा मिथकका प्रमुख पात्र हुन्- कालिदास । जसलाई ‘महाकवि कालिदास’ भनेर पनि चिनिन्छ । 
हुन पनि हामि नेपाली समाजमा मूर्खतापूर्ण व्यवहार गर्ने अथवा भनौं मूर्ख व्यवहार देखाउने मानिस देखे, भेटेमा त्यस्ता  मानिसलाई कालिदासको बिम्बसँग जोडेर हेर्ने गर्छौं । भनौं त्यस्ता मानिसलाई ‘कस्तो कालिदास जस्तो मूर्ख रहेछ !’ भन्ने गर्छौं । अझ त्यतिले मात्रै नपुगेर ‘कालिदासभन्दा मूर्ख रहेछ’सम्म भन्ने गर्छौ । त्यसरी कालिदासका सम्बन्धमा तिलस्मी कथा मात्रै सुनेका हामीहरुमध्ये कतिपयलाई त ‘कालिदास’को शाब्दिक अर्थसमेत थाहा नहुन सक्छ । 
‘कालिदास’को शाब्दिक अर्थ हो, “कालीको सेवक” अर्थात दुर्गाको सेवक । हुनत कालिदास शिवका पनि भक्त रहेका थिए भन्ने जनश्रुति रहेको छ । खासमा ती युवक सुरुदेखि नै देवी कालीको भक्त थिएनन् । कसरी उनी कालीका भक्त भए  विस्तृतमा वर्णन गरिने नै छ । हुनत जनश्रुति, लोककथा र मिथकमा उल्लेख भएअनुसार एक गरिब एवम् टुहुरो बालक जन्मेका थिए । उनी अरुका घरमा भेडा गोठालो गरेर जीवन गुजारा गर्थे । एक दिन जंगलमा भेडा गोठालो गर्ने क्रममा कालिदासलाई रुख चढेर रमिता हेर्न मन लाग्यो । फलतः उनले जसोतसो गरेर रुख चढे । रुख त चढे । तर आफूले चढेको रुखबाट ओर्लन नजानेर, नसकेर आफू बसेको रुखको टुप्पोतिर बसेर हाँगो काट्दै थिए । त्यहीँबाट सुरु हुन्छ, एक गरिब एवम् टुहुरो बालकको कालीदास बन्ने कथा । जुन बालकले आफ्नो आमाबुबा नभएका कारण अरुका घरमा भेडा गोठालो गरेर जीवन गुजारा गर्थे । ती बालकलाई एक दिन भेडा गोठालो गर्ने क्रममा रुख चढेर रमिता हेर्न मन लाग्यो । फलतः उनले जसोतसो गरेर रुख चढे । रुख चढेपछि रुखबाट अनिवार्य ओर्लनुपथ्र्यो नै । तर बरा–विचरा भेडा गोठालो जो पहिले बालक थिए । अहिले युवक भई सकेका थिए । जे होस्, उनले आफूले चढेको रुखबाट ओर्लन नजानेर, नसकेपछि आफू बसेको रुखको टुप्पोतिर बसेर हाँगो काट्दै थिए । ती युवकमाथि मन्त्रीका छोरो र उनको साथीको नजर पर्यो ।

जनश्रुति अर्थात् लोक कथाअनुसार एक जना राजाकी अत्यन्तै रुपवती र सुन्दर छोरी थिइन । ती राजकुमारी केवल रुपवती र सुन्दर मात्रै नभएर विदुषी पनि थिइन । कथनअनुसार ती राजकुमारीको उमेर बढ्दै गएपछि दरबारमा उनको विवाहका बारेमा गाईँगुईँ चल्न थाल्यो । राजाले आफ्नी भार्या (श्रीमती) मार्फत छोरीको आशय बुझ्न लगाए । छोरीले आफूसरह अथवा आफूभन्दा विद्वान÷विद्वान कुमार भेटिएमा मात्रै विवाह गर्ने अठोट गरिन् । जबकि दरबारका एक मन्त्रीले चाहिँ राजकुमारीलाई आफ्नै छोरोसँग विवाह गरिदिने सोच बनाएका थिए । मन्त्रीका छोरोसँग राजकुमारीको आकर्षण नरहेको बुझेपछि ती मन्त्रीले षडयन्त्र रचे । अर्थात् मन्त्रीले राजासमक्ष राजकुमारीका लागि आफूले योग्य वर खोज्ने बताए । सो कार्यमा मन्त्रीका छोरोले पनि आफ्ना बाबुलाई सहयोग गर्ने बतायो । तर मन्त्रीका छोरोले यो कुरो गोप्य रहोस् भन्ने आशय आफ्ना पिता समक्ष राखे । के भनिन्छ भने, मन्त्रीका छोरो अलि छट्टु र ईखालु थिए । अतः आफूलाई नपत्याएका राजकुमारीलाई देखाई दिने सोच बनाए, मन्त्रीका छोरोले । त्यसपछि बाबुलाई घरै बस्न भने । अनि छोरो चाहिँ आफ्ना एक साथी लिएर राजकुमारीका लागि वर खोज्न निक्ले । यसै क्रममा बाटामा हिँड्दै गर्दा एक युवक ठूलो रुखको हाँगाको टुप्पोतिर बसेर त्यही रुखको हाँगोलाई काट्दै गरेको भेटे । अहो, कस्तो अद्भूत दृश्य ! आफूसँग विवाह गर्न नमानेकी राजकुमारीलाई यो भन्दा उत्तम वर को हुन सक्छ रु किनभने, जुन युवकले जुन रुखको हाँगो काट्दै थिए, त्यो रुखको हाँगो आधा मात्रै काटिए पनि ती युवकको शरीरको भारका कारण भाँचिन सक्थ्यो । ती युवकले त्यसरी रुखको हाँगो काट्नुपर्ने कारण चाहिँ भेडा हेर्दाहेर्दै रुखमा चढेर रमिता हेर्न मन लागेछ । त्यसैले युवक बल्लतल्ल रुख चढे । तर रुखबाट ओर्लने कसरी ! युवकको शुद्धिले काम गरेन । अतः उनले आफू बसेको हाँगो नै काट्न थाले । त्यसरी हाँगो काट्दाखेरि हाँगो भाँचिएर खस्दा युवकलाई जे पनि हुन सक्थ्यो । यस्तो मूर्खसँग राजकुमारीको विवाह गराउन पाए त मन्त्रीका छोरो मनमनै दंग पर्यो । त्यसैले मन्त्रीका छोरोले ती युवकसँग एक सर्त राख्दै युवकलाई रुखबाट सुरक्षित उतारे । सर्त थियो, युवकले राजकुमारीसँग विवाह गर्नुपर्ने ।’ यस्ता मूर्खसँग राजकुमारीको विवाह गराउन पाए, राजकुमारीसँग बदला लिनलाई यो भन्दा उत्तम उपाय अरु के हुन सक्छ रु भन्ने सोच मन्त्रीका छोरोमा पलाएको थियो । ती युवकलाई फकाईफुल्याई रुखबाट ओराली सकेपछि मन्त्रीका छोरोले थाहा पाए कि, ती मूर्ख युवक एक भेडी गोठालो रहेछन् ।
मन्त्रीका छोरोले तिमीले राजकुमारीसँग विवाह गरेपछि दरबारका ज्वाइँ हुन्छौ । तर तिमीले हामीले भने जस्तो गर्नु पर्छ भनी सम्झाए । युवकले पनि राजकुमारीसँग आफ्नो विवाह हुने भएपछि दंग पर्दै मन्त्रीका छोरोले भने जस्तै गर्ने बतायो । त्यो रात मन्त्रीको घरमै बास बसे । घरमा बस्दा ती भेडा गोठालो मूर्ख युवकलाई मन्त्रीका छोरो अरु धेरै कुरोहरु सिकाए । मन्त्रीका छोरोले भने ‘हामी राजा, रानी, राजकुमारीलगायतलाई तिमीले ७ दिनसम्म नबोल्ने ब्रत लिएको छ भन्छौं । त्यसपछि राजकुमारीले तिमीसँग इशारामा कुरो गर्नेछिन् । तिमीले पनि इशारामै जवाफ दिनू, फिटिक्कै नबोल्नू ।’ भोलि पल्ट मन्त्रीका छोरोले युवकलाई लिएर दरबार गए । दरबारमा ठूलो सभा आयोजना गरिएको थियो । त्यसबिचमा राजकुमारीले युवकलाई इशाराले प्रश्न गर्न थालिन् । राजकुमारीले आफूसँग विवाह गर्न योग्य भनी ल्याईएको युवकतिर एक औला देखाइन । राजकुमारीको आशय ‘संसारको सृष्टि गर्ने, पालन गर्ने र संहार गर्ने ईश्वर एकै हुन् ।’ भन्ने रहेको थियो । तर राजकुमरीसँग विवाह गर्न ल्याईएका युवकले चाहिँ राजकुमारीले मसँग एउटा भेडा मागिन् भन्ने अर्थमा बुझ्यो । अतः असाध्यै सुन्दरी युवती त्यो पनि राजकुमारीले एउटा भेडा माग्दा मैले दुई वटा किन नदिने ! भन्ने अर्थ ती भेडा गोठालो युवकले ‘राजकुमारीलाई एउटा होइन, दुई वटा भेडा दिन्छु ।’ भनेर दुई वटा औला उठाए । यता राजकुमारीले चाहिँ आफूसँग विवाह गर्न ल्याईएको युवकले उठाएको दुई वटा औलाको अर्थ प्रकृति र पुरुष गरी दुई वटालाई सङ्केत गरेको अर्थमा बुझिन् । राजकुमारीले पनि त्यसो हो भने ‘सृष्टि, स्थिति र प्रलय’ यी तीनवटै शक्तिलाई किन नमान्ने रु भन्ने अर्थमा पुनः राजकुमारीले युवकतिर हेर्दै तीनवटा औंला उठाइन । तर विद्वान÷विद्वान राजकुमारीका लागि योग्य वर भनी ल्याईएका ती युवक मूर्ख र भेडा गोठालो न थिए अतः युवकलाई रीस उठ्यो । उसले सोच्यो एउटा भेडा माग्दा दुई वटा दिन तयार भएँ । अझै थप माग्ने  भनेर ती युवक रिसाए । त्यसैले जवाफमा ती युवकले मुड्ठी (मुठ्ठी) उठाएर देखाए । जसको अर्थ ती युवकले म थप भेडा दिन्न १ भनेर विमती-विमति जनाएको अर्थमा थियो । तर राजकुमरीले चाहिँ युवकले उठाएको मुड्की (मुठ्ठी) को अर्थ ‘आखिर जति धेरै ईश्वर छ भने पनि ती सबै एकै हो ।’ अर्थात् ‘एकमं सत् विप्रा बहुधा वदन्ति ।’ मतलब हो, ‘सत्य एउटै छ, विद्वानहरु ईश्वरलाई अनेक ठानेर व्याख्या गर्ने गर्छन् । । त्यसैले युवकको तर्क ठीक छ ।’ राजकुमारीलाई युवकको तर्कमा चित्त बुझेपछि ती युवक र राजकुमारीको विवाह धुमधामसँग भयो ।
विवाहपछि नियमित कार्य (मिलन) का लागि युवक राजकुमारीको खोपी (कोठा) मा गए । नव विवाहित युवकले राजकुमारीको कोठामा सजाएर राखिएको किताब भेटे । सो किताब उठाएर हेर्दै नव दुलाहा सुँक्क, सुँक्क आँसु झर्दै रुन थाले । नव दुलही अर्थात् राजकुमारी अचानक आफ्ना नव दुलाहा रोएको देखेर अलमलमा परिन् । सोधिन्, आर्य, किन रोएको, के भयो  युवकले जवाफ दियो “मैले पढ्दाखेरि यो ‘क’ ठूलो न ठूलो थियो । अहिले दुब्लाएर साह्रै सानो, पातलो भएछ । त्यसैले माया लागेर रोएको ” राजकुमारीले ती युवकको हाउभाउ र बोल्ने तरिकाबाटै ती युवक विद्वान होइन रहेछ भन्ने थाहा पाइन । साथै मन्त्रीले आफूलाई ठूलै धोका दिएको बुझिन् । किनभने, उनी पढे–लेखेकी विदुषी थिइन । तर ढीला भई सकेको थियो । त्यसैले ती युवक (नव दुलाहा) लाई राजकुमारीले तुरुन्तै लखेटिन्, कोठाबाट बाहिर निकालिन् । त्यसरी लखेटिएका युवकले बाहिर, बाटामा पुगेपछि बार्दलीमा उभिएर आफूलाई हेरिहेकी राजकुमारीतिर हेरे । राजकुमारीले “अस्ति कश्चित् वाक् विशेष ? (केही भन्नुपर्ने कुरा छ )” भनेर सोधिन् । युवक केही नबोलिकन सरासर आफ्नो बाटो ततायो ।       
बरा–विचरा कहाँ सामान्य भेडा गोठालो, कहाँ दरबारको ज्वाइँ हुने सपना बोकेर आएका ती युवक  त्यसरी अपमानित भएर दरबारबाट निकालिएपछि बाटामा कतै संयोगवस एक ठूला विद्वान–गुरुसँग उनको भेट भयो । अपमानले असह्रय पीडा लिएर हिँडेका ती युवकले गुरुलाई आफ्नो दुःखेसो पोखे । अतः ती गुरुले पनि युवकलाई आफूसँगै राखेर सकेको शिक्षा–दिक्षा दिए । पढिसकेपछि ती युवक ठूला र कहलिएका विद्वानमा गनिए । उनले आफूलाई दरबारबाट लखेट्ने राजकुमारीलाई नै आफू विद्वान हुनुको जस दिए । किनभने राजकुमारीले मूर्खै भए पनि आफ्नो आर्य (श्रीमान) हो, भई गयो भनेर स्वीकार गरेको भए सायद ती युवकले विद्वान हुने अवसर पाउने थिएनन् । त्यसैले आफू भेडो गोठालोबाट रुपान्तरित भएर विद्वान हुनुमा राजकुमारीकै हात रहेको ठाने । हुन पनि ती युवकले दरबारबाट हिँड्ने बेलामा राजकुमारीले सोध्ने क्रममा भनेको तीन शब्द चाहिँ बिर्सेका थिएनन् । त्यसैले ती तीन शब्द ‘अस्ति’बाट कुमारसंभव महाकाव्य, ‘वाक्’बाट रघुवंश महाकाव्य र ‘कश्चित्’बाट मेघदूत विरहकाव्य लेखे । भनिन्छ, यी तीनवटै महाकाव्य लेखिसकेपछि ती युवक पुनः आफ्नो रचनाहरु लिएर राजकुमारी कहाँ गए । आफूले लेखेका ती तीनवटै किताब अर्थात् रचनाहरु राजकुमारीलाई सौगातका रुपमा टक्रयाए । अनि विगतमा आफूबाट अञ्जानमै भएको कमीकमजोरी र गल्तीप्रति क्षमा मागे । आफ्नो रचना पनि पढीदिन ती युवकले विनम्र आग्रह गरे, राजकुमारीलाई । त्यसपछि पहिले मूर्ख ठानिएका एक युवक विद्वान र ‘महाकवि कालिदास’का रुपमा संसारभरि चिनिए । वास्तवमा भन्नु पर्दा एक मूर्ख युवकपछि गएर विद्वान र ‘महाकवि कालिदास’ बनेको प्रसंग यतिमै सकिन्छ ।


तर, किशोरवयपछि महाकवि कालिदासले केके गरे , उनको बाँकी जीवन कसरी बित्यो रु उनको देहान्त कुन उमेरमा भयो रु कहीँ कतै उल्लेख गरेको भेटिँदैन . त्यसैले यस विषयमा पनि नेपाल, भारतलगायत हिन्दू धर्म र दर्शनलाई आर्दश मान्ने विद्वान–विदुषीहरुले खोजी गर्नुपर्ने देखिन्छ । हुन पनि आजका दिनसम्म जुनसुकै व्यक्तिले मुख्र्याईँता गरेमा वा मूर्खतापूर्ण काम गरेमा मूर्खताको एक बिम्ब अथवा भनौं उदाहरणका रुपमा ‘कालिदास’लाई नै लिने गरिन्छ । तर एक भेडा गोठालो जसरी आफ्नो मेहनत र एकाग्रताले विद्वान भए, महाकवि भए  अनि त्यस्ता महान व्यक्ति भएका युवकको बाँकी जीवन कसरी बित्यो  सो सम्बन्धमा केही थाहा–पत्तो नहुनु दुःखद अवस्था नै मान्नुपर्ने हुन्छ । त्यसैल कालिदासको किशोरवयपछिको जीवनबारे जान्न, बुझ्नका लागि खोजी पस्नुपर्ने देखिन्छ । 


कालिदासद्वारा रचित कृतिहरुः-


भनिन्छ, कालिदासले आफ्नो जीवनकालमा ७ वटा किताब लेखेका थिए । त्यसमध्ये तीन वटा नाटक, दुई वटा महाकाव्य र दुई वटा खण्डकाव्य-गीति काव्य रहेका थिए, छन् । तीन वटा नाटकहरुमा क्रमशः

क) अभिज्ञान शाकुन्तलम् ।

ख) विक्रमोर्वशीयम् ।

ग) मालविकाग्निमित्रम्

रहेका थिए भने दुई महकाव्यहरुमा क्रमशः

क) रघुवंशम् ।

ख) कुमारसंभवम्

रहेका थिए । तीनमा चाहिँ खण्डकाव्य-गीति काव्यहरु रहेका थिए :-

क) मेघदुतम् 

ख) ऋतुतुसंहारम ।

स्रोतः गुगल-एआई ।

स्मरणीय छ, महाकवि कालिदासले आफ्नो जीवनकालमा लेखेका ७ वटा किताबमध्ये ‘अभिज्ञान शाकुन्तलम्’ एकदमै चर्चित र लोकप्रिय किताब हो । जुन किताबमा राजा दुष्यन्त र शकुन्तलाको ‘माया–प्रेम’को मिहिन ढंगले वर्णन गरिएको छ । साथै महाकवि कालिदासले आफ्नो जीवनकालमा लेखेका ७ वटा किताबमध्ये ‘ऋतुतुसंहारम्’ चाहिँ पहिलो किताब हो भन्ने भनाइ रहेको छ । 

निनाम लोवात्ती

author

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण