Logo

सोमवार, आश्विन ५ गते २०८३

करका प्रावधान अप्रिय लागे पनि फाइदाजनक-अर्थमन्त्री वाग्ले

करका प्रावधान अप्रिय लागे पनि फाइदाजनक-अर्थमन्त्री वाग्ले


करका प्रावधान अप्रिय लागे पनि फाइदाजनक-अर्थमन्त्री वाग्ले

३० जेठ, काठमाडौं ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा उल्लिखित करका केही प्रावधान 'झट्ट सुन्दा अप्रिय लागे पनि कालान्तरमा फाइदाजनक' रहेको दाबी गरेका छन्।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयक माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै अर्थमन्त्रीले करको दायरा फराकिलो बनाएर अर्थतन्त्रलाई औपचारिकीकरण गर्ने दिशामा सरकार दृढ रहेको बताए।

प्रचण्ड बहुमतप्राप्त वर्तमान सरकारले समेत करको दायरा विस्तार गर्ने आँट नगरे यो काम सधैंका लागि थाती रहने उल्लेख गर्दै अर्थमन्त्रीले भने, 'हाम्रो लक्ष्य करदाता बढाउने हो, करको भार थप्ने होइन। दायरा फराकिलो हुँदा करको दर स्वतः न्यून वा नगण्य बन्दै जान्छ।' सुशासन र कर नियम पालनाको जगमा यस वर्ष १५८० अर्ब रूपैयाँ राजस्व उठाउने महत्त्वाकांक्षी लक्ष्य राखिएको उनले बताए।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३