Logo

सोमवार, आश्विन ५ गते २०८३

२०८३/८४ को बजेटमा कर्मचारीको तलब बढाउने तयारी

२०८३/८४ को बजेटमा कर्मचारीको तलब बढाउने तयारी


२०८३/८४ को बजेटमा कर्मचारीको तलब बढाउने तयारी

१० जेठ, काठमाडौं । 
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ।तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए। तर, त्यसयता निजामती कर्मचारीहरूको तलब वृद्धि भएको छैन।
कानुनी व्यवस्थाअनुसार सरकारले दुई वर्षको अन्तरालमा तलब वृद्धि गर्नुपर्ने हुन्छ, तर पछिल्लो तीन वर्षदेखि निजामती कर्मचारीहरूको तलब वृद्धि हुन सकेको छैन। सम्भवतः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षपछि तलब बढाउनेछन्।
स्रोतका अनुसार अर्थमन्त्री वाग्ले पनि निजामती कर्मचारीको तलब वृद्धि गर्ने विषयमा सकारात्मक छन्। तर, बजेट सार्वजनिक हुने अघिल्लो रात मात्रै अन्तिम रूप दिइने भएकाले अहिलेसम्म कुन आधारमा वा कति तलब वृद्धि गर्ने भन्ने विषयमा टुङ्गो भने लागेको छैन।


मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वमा रहेको तलब भत्ता पुनरावलोकन समितिले भने केही दिनअघि मात्रै निजामती कर्मचारीको तलब बढाउन सरकारलाई सिफारिस गरेको छ। समितिले कार्यालय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ र मुख्यसचिवको १ लाख २१ हजार रुपैयाँ पुर्‍याउन सिफारिस गरेको स्रोतले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३