Logo

बुधवार, भाद्र १० गते २०८३

जस लिने अपजस  नलिने गर्नू हुदैन   - विष्णु पौडेल

जस लिने अपजस  नलिने गर्नू हुदैन   - विष्णु पौडेल


जस लिने अपजस  नलिने गर्नू हुदैन   - विष्णु पौडेल

९ वैशाख, काठमाडौं ।

  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी स्थापनादेखि आजसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको र कहालीलाग्दो क्षति पनि बेहोरेको बताएका छन् । 
पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उपाध्यक्ष पौडेलले संविधान जारीपछि कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाइको सरकार गठन गर्न सफल भएको दशक र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासकै सबैभन्दा ठुलो असफलता र पराजयको दशक बन्न पुगेको पनि बताएका छन् । 
‘फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेका छन् । हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौँ’, पौडेलले भनेका छन् । 

पौडेलले अविलम्ब समग्र नेपाली कम्युनिस्ट आन्दोलनको, विशेष गरी विगतको एक दशकको र पछिल्लो पटक सरकारको नेतृत्व गर्दादेखि आम निर्वाचन सम्पन्न हुँदा सम्मको वस्तुनिष्ठ र यथार्थपरक समीक्षा गर्न जरुरी रहेको बताएका छन् । 
‘नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका हाम्रा गल्ती, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरुरी छ’, पौडेलले भनेका छन्, ‘हामीले सफलता र उपलब्धिको जस लिए जसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरुरी छ, जस लिने अपजस  नलिने गर्नू हुदैन  ।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण