काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका