Logo

आइतवार, कार्तिक २ गते २०८३

अ

सर्वोच्च अदालतमा आजबाट ‘पेशी तारेख अटोमेसन सिस्टम’ सुरु

सर्वोच्च अदालतमा आजबाट ‘पेशी तारेख अटोमेसन सिस्टम’ सुरु


सर्वोच्च अदालतमा आजबाट ‘पेशी तारेख अटोमेसन सिस्टम’ सुरु

काठमाडौं- सर्वोच्च अदालतले सोमबारदेखि ‘पेशी तारेख अटोमेसन स्टिम’ लागू गर्ने भएको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयभित्र हुने अनियमिततालाई कम गर्न अटोमेसनमा जान लागेको जानकारी दिएका हुन्।प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरूको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेसन सिष्टमको सुरुवात गर्नुपरेको उल्लेख गरे।

उनले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताए।सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठले योजना सुनाए। श्रेष्ठले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषदबाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताए।

सर्वोच्चमा २०७८ माघदेखि गोलाप्रथाबाट पेशी तोकिँदै आएको छ।प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वाससमेत व्यक्त गरे।

उनले न्यायाधीश नियुक्ती नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताए।मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरू समेत नहुँदा अप्ठ्याराे भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ