आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ६ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८९ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८९ हजार १ सय ६० रुपैयाँ कायम गरेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका