आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै घटेर तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ८ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८० हजार ४ सय २० रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका