आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि तोलामा ४ सयले नै घटेर प्रतितोला ९१ हजार ७ सयमा कारोबार भईरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ६१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका