आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९३ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर ९३ हजारमा आईपुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ८ सयले नै घटेर ९२ हजार ६ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५९ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका