आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९४ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा आईपुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ९३ हजार ८ सयमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।