आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९४ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ पुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ९४ हजार ३ सय पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका