आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९४ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ६ सय रुपैयाँ पुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९४ हजार १ सय पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ६७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको छ ।
सुनको भाउ केही दिन यता निरन्तर बढिरहेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका