आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ३ सयमा आईपुगेको हो ।
तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै घटेर ९१ हजार ८ सयमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका