Logo

मंगलवार, आश्विन ६ गते २०८३

तोलामा १५ सयले बढ्यो सुन

तोलामा १५ सयले बढ्यो सुन


तोलामा १५ सयले बढ्यो सुन

आज सोमबार सुनको भाउ ह्वात्तै बढेको छ । लक्ष्मी पूजाको दिन अर्थात् कार्तिक १८ गते बिहिबारको तुलनामा सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेको हो ।

लक्ष्मी पूजाको दिनपछि तिहारको अवधिभरी सुनको नयाँ भाउ तोकिएको थिएन । तिहारपछि पहिलोपटक तोकिएको सुनको भाउ तोलामा १५ सयले बढेको हो ।

गत बिहिबार तोलाको ९१ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ५ सय पुगेको छ ।तेजाबी सुनको भाउ पनि आज तोलामा १५ सयले नै बढेर ९२ हजार पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

कामना न्यूज

  • सोमवार, कार्तिक २२ २०७८११:०८:५४
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका