काठमाडौँ– साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।
छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका