काठमाडौँ – दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ प्रतितोला रु ५०० सयले बढेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको भाउ प्रतितोला रु ९० हजार ४०० तोकिएको छ। त्यस्तै तेजाबी सुनको बजार भाउ आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ। बुधबार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो।
महासंघका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको भाउ आज प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको छ। चाँदी बुधबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको भाउ तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका