Logo

मंगलवार, आश्विन ६ गते २०८३

सुनको भाउ पाँच सयले बढ्यो

सुनको भाउ पाँच सयले बढ्यो


सुनको भाउ पाँच सयले बढ्यो

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ आज (मंगलबार) प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको भाउ प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको आजको कारोबार भाउ प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार भाउका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको भाउ तोक्ने गर्दछ ।

कामना न्यूज

  • मंगलवार, आश्विन १९ २०७८०१:२१:४४
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका