आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ८९ हजार ७ सय रुपैयाँ पुगेको छ ।
तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ८९ हजार २५० रुपैयाँमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ५२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार १६ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका