काठमाडौं । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको सरकारको दाबी गरेको छ । ४२ सांसदको हस्ताक्षरसहित दाबी गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले जानकारी दिए ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबीपत्र बुझाएका हुन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उमेदवार बनाइएको छ ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमतको सरकारको दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका