आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । तेजाबीको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९१ हजार ९ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका