नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको चौथो दिन सुन तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाला सुन ९२ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । १ हजार २५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका