काठमाडौँ– साताको पहिलो दिन आज सुन चाँदीको भाउ सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको भाउमा सामान्य उतारचढाव आइरहेको छ ।
यो हप्ता पनि मूल्य यस्तै रहने अनुमान छ । विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले तत्कालै सुनको मूल्यमा धेरै उतारचढाव आउने सम्भावना नरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका