आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ पुगेको हो । तेजाबीको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।