साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको २ सयले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि २ सयले बढेर ९१ हजार रुपैयाँ प्रतितोला रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३६ रुपैयाँ कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका