साताको छैटाैँ दिन आज शुक्रबार सुनको भाउ यथावत् रहेकाे छ । बिहिबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत् रहेर ९० हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि यथावत् ९० हजार रुपैयाँ प्रतितोला रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका