काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ ।
शुक्रबार पनि सुन तोलाको १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
घटेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो पनि तोलामा ११ सय रुपैयाँले घटेको सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका