साताको छैटौँ दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले बढेर ९४ हजार रुपैयाँ प्रतितोला रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका