साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउमा सामान्य गिरावट आएको छ । बिहिबार तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ७ सयमा झरेको छ । यस्तै तेजाबी सुन पनि तोलामा ५ सयले घटेर ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा आईपुगेको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम, तेजावी सुनको भाउ ७८ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका