Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

एन आई सी एशिया बैंकद्वारा धरान उपमहानगरपालिकामा अवस्थित सब्जीमण्डीका पसलहरूलाई क्युआर कोड वितरण

एन आई सी एशिया बैंकद्वारा धरान उपमहानगरपालिकामा अवस्थित सब्जीमण्डीका पसलहरूलाई क्युआर कोड वितरण


एन आई सी एशिया बैंकद्वारा धरान उपमहानगरपालिकामा अवस्थित सब्जीमण्डीका पसलहरूलाई क्युआर कोड वितरण

काठमाडौँ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अवलम्बन गर्दै ग्राहक महानुभावहरूलाई सहज तरिकाले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफुल, कपडा लगायतका सामग्री खरिद गर्न सकिने पसलहरूमा त्तच् कोड वितरण गरेको छ । 

उक्त क्युआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राई, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र यस बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरे । यस बैंकको मोबाइल बैंकिङ्ग, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग एप÷वालेट मार्फत यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी रकम बिक्रेतालाई भुक्तानी गर्न सकिने छ । सो रकम सम्बन्धित बिक्रेताको यस बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्युआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई दु्रत गतिमा अगाडी लैजानका लागि आवश्यक योजना अगाडी सारेको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै मोबाइल बैंकिङ्ग तथा क्युआर कोडबाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकमा नगदरहित अर्थतन्त्रको निर्माण गर्न सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको हो ।  बैंकले हालसम्म देशभर ४१ हजार भन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ र यस प्रणालीमा आबद्ध हुन चाहनुहुने नयाँ व्यापारी महानुभावहरूका लागि बैंकले ९८२८७११११५ नम्बरमा सम्पर्क गरी तथा बैंकको वेबसाइटमार्फत अनलाईन आवेदन दिन सकिने समेत व्यवस्था गरेको छ । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

कामना न्यूज

  • आइतवार, चैत्र २२ २०७७१२:०४:२६
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ