१६ कात्तिक, कामना ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ ।
गत बिहीबारदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको हो ।इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार डा. केसीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको छ ।सरकारले आफूले उठाएका माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले गत बिहीबार इलामस्थित नारायण मन्दिरमा अनशन सुरु गरेका थिए ।
डा. केसीका अनुसार यो उनको २५औँ सत्याग्रह हो । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, सर्वसाधारणको सहज पहुँच तथा विगतका सहमति कार्यान्वयनको माग गर्दै उनी पटक–पटक अनशन बस्दै आएका छन्
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ