विश्व प्रसिद्ध रमादा ब्राण्डलाई नेपालमा पहिलोपटक भित्राईएको छ । यस होटलको उदघाटन् परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरे । विश्वमा नै करिब नौ हजारको संख्यामा रहेको यस होटलको चेन नेपालमा भने आजबाट सुरु भएको हो । यो होटल चार तारे तहको रहेको छ । यो होटलको अर्को महत्वपूर्ण विशेषता भनेको पर्यटकिय गन्तव्य स्थल ठमेलको केन्द्रबिन्दुमा रहनु हो । यस होटलको संचालक शान्तिरमण पंगेनी हुन् ।
उनी पर्यटन व्यवसायी, उघमी आदी व्यवसायहरुमा संलग्न रहेका छन । उनी लगायत यस चेन होटलको सञचालक पाच जना रहेका छन् । यस कमनीमा कुल नेली एनआरएन र एफडिआइ समेत ३६ जना शेयरधनीहरुको शेयर लगानी रहेको छ ।
यस कमपनिको सहयोगी बैंकको रुपमा नबिल बैंक लिमिटेडले फाईनेन्स गरेको छ । शेयरधनी तथा बैंक लगानी समेत गरि हाल सम्म करिब २०० करोड लगानी भैसकेको र निर्धारित योजना अनुरुप यसलाई विस्तार गर्दा यसको कुल लगानी ३५० करोड रहने संचालक पंगेनीले बताए ।
यस होटलमा ९० वटा कोठाहरु रहेका छन्, जसमध्येबाट वटा भने स्वीट रहेका छन् । अन्य सुबिधामा जिम हल,स्पा,व्यान्केट हल , सेमिनार हल, टेरेश आदि रहेका छन् । ७ तल्ले यस होटलमा टेरेसबाट भने राम्रो दृश्य देखिनछ भने माथिललो तल्लामा नै स्विमिंग पुलसमेत रहेको छ ।
रमादा अनकोरमा भारतीय लगानीकर्ता पनि रहेका छन् । यस अन्तराष्ट्रिय ब्रान्चको होटल ९० ओटा देशहरुमा रहेका छन् । 


काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३