Logo

बुधवार, भाद्र ३१ गते २०८३

ट्रम्पको माग अनुसार राहत रकम प्रतिव्यक्ति दुई हजार डलर बनाउने व्यवस्था तल्लो सदनबाट पारित

ट्रम्पको माग अनुसार राहत रकम प्रतिव्यक्ति दुई हजार डलर बनाउने व्यवस्था तल्लो सदनबाट पारित


ट्रम्पको माग अनुसार राहत रकम प्रतिव्यक्ति दुई हजार डलर बनाउने व्यवस्था तल्लो सदनबाट पारित

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले कोरोना भाइरसको महामारीबाट प्रभावित भएका नागरिकलाई दुई हजार डलर रकम प्रदान गर्ने व्यवस्था पारित गरेको छ ।

स्थानीय समय अनुसार सोमबार बेलुका डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनले २७५–१३४ ले राहत रकम ६०० बाट दुई हजार बनाउने व्यवास्थ पारित गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गर्न अस्वीकारका थिए । उनले आइतबार अन्ततः हस्ताक्षर गरे । ट्रम्पले राहत रकम दुई हजार बनाउन माग गरेका थिए । सोही अनुसार तल्लो सदनले सो व्यवस्था पारित गरेको हो ।

अब सो कुरालाई अघि बढाउने नबढाउने निर्णय ट्रम्पको पार्टी (रिपब्लिकन) को नियन्त्रण रहेको माथिल्लो सदन सिनेटमा छ । राहत रकम बढाउने प्रस्तावको विपक्षमा १३० रिपब्लिकन, दुई स्वतन्त्र तथा दुई डेमोक्र्याटले मत दिएका हुन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३