Logo

मंगलवार, आश्विन ६ गते २०८३

९ एसएसपी डीआईजीमा बढुवा सिफारिस (नामावली सहित)

९ एसएसपी डीआईजीमा बढुवा सिफारिस (नामावली सहित)


९ एसएसपी डीआईजीमा बढुवा सिफारिस (नामावली सहित)

काठमाडौं । सोमबार बसेको बढुवा समितिको बैठकले  नेपाल प्रहरीका नौं जना एसएसपी डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

सिफारिसमा पर्नेमा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत एसएसपी गणेशबहादुर ऐर पहिलो नम्बरमा छन ।

यस्तै दोस्रो नम्बरमा पुरुषोत्तम कँडेल, तेस्रो नम्बरमा राजेशकुमार लाल कर्ण, चौथो नम्बरमा डा देवबहादुर बोहरा, पाचौंमा दिवेश लोहनी, छैठौं नम्बरमा रामकृपाल शाह, सातौंमा उमेश रञ्जितकार, आठौं नम्बरमा प्रकाश अधिकारी र नवौंमा मुकुन्दराज आचार्य छन । 

केही समयअघी मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा पाँच जना डीआईजीको दरबन्दी थपेपछि ८ डीआइजी पद रिक्त भएको थियो । त्यसपछि डीआइजी विश्वराज पोखरेल एआइजीमा बढुवा भएपछि थप एक पद रिक्त रहेको थियो । सिफारिसमा परेकाहरुकोबारे आगामी मन्त्रीपरिषद् बैठकले निर्णय गर्नेछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका