Logo

मंगलवार, आश्विन ६ गते २०८३

कोरोनाविरुद्धको खोपको ‘सफल परीक्षण’ हुँदा घट्यो सुनको मूल्य !

कोरोनाविरुद्धको खोपको ‘सफल परीक्षण’ हुँदा घट्यो सुनको मूल्य !


कोरोनाविरुद्धको खोपको ‘सफल परीक्षण’ हुँदा घट्यो सुनको मूल्य !

काठमाडौँ । सुनको मूल्यमा एकैदिन ३ हजार ४ सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको कारोबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ। सोमबार ९८ हजार २ सय रुपैयाँ प्रतितोलामा यस्तो सुनको कारोबार भएको थियो। 

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइहेको छ। अघिल्लो दिन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन १ हजार २ सय ८५ रुपैयाँ रहेको चाँदीको भाऊ पनि घटेर १ हजार २ सय १५ रुपैयाँमा सीमित भएको छ। 

सुनको भाऊ यसरी घट्नुमा अन्तर्राष्ट्रिय बजारमा कोरोनाविरुद्धको खोपको सफल परीक्षण हुनुलाई प्रमुख कारण मानिएको छ। अमेरिकी–जर्मन स्वास्थ्य विज्ञले निर्माण गरेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट देखिएको हो। यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो। 

नेपाले अन्तर्राष्ट्रिय बजारको मूल्य र नेपालले सुन आयातमा लगाउँदै आएको भन्सार महसुललाई जोडेर नेपाली बजारको मूल्य निर्धारण हुँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा यस्तो खबर फैलिएसँगै सोमबार अन्तराष्ट्रिय बजारमा १ हजार ९ सय ६३ डलर प्रतिऔंसमा खुलेको बजार १ हजार ८ सय ६२ डलर प्रतिऔसमा झरेर बन्द भएको थियो। मंगलबार भने यो मूल्यमा सामान्य वृद्धि भएर कारोबार भइरहेको छ। 

कामना न्यूज

  • मंगलवार, कार्तिक २५ २०७७११:४४:०६
सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका