काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको हो।
यस्तै मंगलबार तेजावी सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य पनि आज बढेर तोलामा १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार चाँदीको मूल्य तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका