Logo

मंगलवार, आश्विन ६ गते २०८३

बलात्कार आरोपित दुई पक्राउ, किशोरीले गरिन् आत्महत्या

बलात्कार आरोपित दुई पक्राउ, किशोरीले गरिन् आत्महत्या


बलात्कार आरोपित दुई पक्राउ, किशोरीले गरिन् आत्महत्या

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ललितपुरमा १७ वर्षीय किशोरीलाई बलात्कार गर्ने दुई जना आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। नेपाल भारत सीमा क्षेत्र बलान बिहुल गाउँपालिकास्थित बेल्हीबाट आरोपितहरु डाक्नेश्वरी ७ का १९ वर्षीय रञ्जित मण्डल र १८ वर्षीय बब्लु मण्डल पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए। 

धान खेतमा पानी कटाउन गएकी किशोरीलाई रञ्जित र बब्लुसहित चार जनाले भदौ २९ गते बिहान सामूहिक बलात्कार गरेको आरोप छ। बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन्। इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध उजुरी गर्न गाउँको उनकै समुदायका पञ्चहरुले रोक लगाएपछि भदौ ३० गते किशोरीले आत्महत्या गरेकी थिइन्।

बलात्कारपछि शत्रुघ्न मण्डलको घरमा बसेको गाउँलेहरुको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालयमा घटनाको जाहेरी दिन रोक लगाउँदै आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको थियो। न्यायको साटो अस्मिताको मूल्य तोकेर क्षतिपूर्ति दिने निर्णयको विरोध गरेकी किशोरीले मानसिक पीडा सहन नसकी आत्महत्या गरेको उनकी आमाले बताइन्। मृतकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण गरिएको छ।

प्रहरीले छलफलमा बस्ने तीन जना पञ्चसमेत पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ। किशोरी र उनकी आमालाई धम्क्याएर बलात्कार घटनामा सहमति गराउन खोज्ने पञ्चमध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले भदौ ३० गते नै पक्राउ गरेर मुद्दा चलाएको छ। 

उनीहरुलाई आत्महत्या दुरुत्साहनमा कारबाही थालिएको छ भने पक्राउ परेका बलात्कारका दुई आरोपित रञ्जित र बब्लुविरुद्ध आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने सप्तरी प्रहरीले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका