Logo

मंगलवार, आश्विन ६ गते २०८३

बलात्कार गरेको खुलासा गरेपछि १५ दिनभित्र स्वदेश फिर्ता हुन आदेश

बलात्कार गरेको खुलासा गरेपछि १५ दिनभित्र स्वदेश फिर्ता हुन आदेश


बलात्कार गरेको खुलासा गरेपछि १५ दिनभित्र स्वदेश फिर्ता हुन आदेश

काठमाडौँ । पाकिस्तानमा बस्दै आएकी एक अमेरिकी ब्लगर सिन्थिया रिचीले मन्त्रीमाथि बलात्कारको आरोप लगाएसँगै १५ दिनभित्र देश छाड्न निर्देशन दिएको छ। पाकिस्तानमा बस्दै आएकी रिचीले आफूलाई एक मन्त्रीले बलात्कार गरेको बताएकी थिइन्।

रिचीले मन्त्रीमाथि आरोप लगाएसँगै पाकिस्तानको अदालतले १५ दिनभित्र पाकिस्तान छाड्ने निर्देशन दिएको हो। इस्लामावादको एक उच्च न्यायालयले अन्तिम फैसला भन्दै रिचीलाई पाकिस्तान छाड्न भनेको गृह मन्त्रालयले जनाएको छ। रेडियो पाकिस्तानका अनुसार रिचीले आगामी १५ दिनभित्र आफ्नो देश फर्कनु पर्ने भएको हो।

एक अधिकारीले रिचीलाई स्वदेश फिर्ता गर्न माग गरेका छन्। रिचीले गत जुनमा आफ्नो फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै आफूमाथि पाकिस्तानी पूर्व गृह मन्त्री रहमान मलिकले बलात्कार गरेको बताएकी थिइन्। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका