काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनमा ९ सय रुपैयाँले बढेको हो।
यससँगै एक तोला सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँमा पुगेको छ। सोमबार सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदी प्रतितोलामा ३० रुपैँयाले बढेर एक हजार ३ सय ९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका