Logo

मंगलवार, आश्विन ६ गते २०८३

रासायनिक मलको कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ

रासायनिक मलको कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ


रासायनिक मलको कालोबजारी गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौँ । रासायनिक मलको कारोबजारी गरेको अभियोगमा तीन जनालई प्रहरीले पक्राउ गरेको छ।

गढवा बजार र आसपासको क्षेत्रमा बढी मुल्यमा युरिया मल विक्रि वितरण गरेको अभियोगमा गढवा गाउँपालिका वडा नं ५ निवासी सुनिल पोख्रेल, वडा नं ७ निवासी राजकुमार गुप्ता र सोही ठाउँका युवराज पाण्डेलाई पक्राउ गरिएको छ।

७ सय २१ रुपैयाँ प्रति वोरा पर्ने यूरिया मललाई प्रति बोरा २ हजार ४ सय रुपैयाँमा विक्रि गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले पसलको अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पत्ता लागेको हो।

कालोबजारी गर्नेहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरेर अनुसन्धान थालिएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका