Logo

मंगलवार, आश्विन ६ गते २०८३

छोराले आमाको हत्या गरेको आरोपमा पक्राउ

छोराले आमाको हत्या गरेको आरोपमा पक्राउ


छोराले आमाको हत्या गरेको आरोपमा पक्राउ

काठमाडौँ । सर्लाहीमा छोराले आमाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। 
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं २ पुनर्वास टोलका ३२ वर्षीय राजबीर पासवान पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ। पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीय आमा उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो।

टाउकोमै चोट लागि गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ।

घटना पश्चात इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका