काठमाडौँ । साताको दोस्रो दिन सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तिएको छ। सोमबारका लागि छापावल सुनको प्रतितोला मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको भाउ ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै सोमबारका लागि तेजावी सुनको भाउ ९७ हजार ७ सय तोकिएको छ। चाँदीको प्रतितोला मूल्य अघल्लो दिनको तुलनामा दश रुपैयाँले सस्तिएको छ।
चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा मूल्यमा देखिएको उतार चढाबकाकारण मूल्य तलमाथी भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका