Logo

मंगलवार, आश्विन ६ गते २०८३

बल्खु खोलामा पुरुषको शव फेला पर्यो, हत्याको आशंका

बल्खु खोलामा पुरुषको शव फेला पर्यो, हत्याको आशंका


बल्खु खोलामा पुरुषको शव फेला पर्यो, हत्याको आशंका

काठमाडौँ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनि एक पुरुषको शव फेला परेको छ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको हो ।

अन्दाजी ४०–५० वर्षको उमेरका पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खोला किनारमा अड्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले बताए। 

प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । हाम्फालेर आत्महत्या गरेको पनि हुनसक्ने भन्दै प्रहरीले पहिचानका लागि सामाजिक संजालमार्फत शवको फोटो सार्वजनिक गरेको छ । शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका