काठमाडौँ। नेपाल प्रहरीका एकजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण देखिएको छ । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक डीआईजीलाई कोरोना संक्रमण भएको हो।
स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको रिपोर्टमा डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले बताए।
पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका कर्मचरीमा संक्रमण बढिरहेको छ। आइतबार बिहान १० बजेसम्म ६२० जनामा कोभिड–१९ देखिएको एसएसपी कडायतले बताए।
एसएसपी कडायतका अनुसार संक्रमितमध्ये २४० जना निको भएका छन्। अन्य संक्रमित सबै प्रहरीको अवस्था पनि सामान्य रहेको कडायतले बताए।
सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ५५ जनामा संक्रमण देखिएको छ। संक्रमित प्रहरीहरु डिस्चार्ज हुने क्रम पनि बढेको छ।
६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका