Logo

मंगलवार, आश्विन ६ गते २०८३

दलित भएकाले वडा सदस्यमाथि अपशब्द बोल्ने एक पक्राउ

दलित भएकाले वडा सदस्यमाथि अपशब्द बोल्ने एक पक्राउ


दलित भएकाले वडा सदस्यमाथि अपशब्द बोल्ने एक पक्राउ

काठमाडौँ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरमा नै  बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए । 

अपशब्द प्रयोग गरी हातपातको प्रयास गर्नेमध्येका २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए । अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको उनले जानकारी दिए ।

रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बुझिएको छ । प्रहरी निरीक्षक धामीले भने, “गालीगलौज गरी अभद्र व्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही हुन्छ ।”

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री आज न्युयोर्क जाँदै

    ६ असोज, कामना । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका